युरोपमा दशकौं पछिको दुर्लभ सूर्यग्रहण: दिनमै छायो अन्धकार (तस्वीरहरु)
nepalviews.com · Thu Aug 13 04:39:54 GMT 2026

एजेन्सी । बेलायत र युरोपका विभिन्न भागमा बुधबार साँझ दशकौँयताकै सबैभन्दा दुर्लभ सूर्यग्रहण देखिएको छ। आकाशमा चन्द्रमाले सूर्यलाई केही क्षणका लागि पूर्ण रूपमा ढाक्दा दिउँसै अन्धकार छाएको थियो । लाखौँ मानिसले यस अद्भुत खगोलीय दृश्यलाई प्रत्यक्ष रूपमा अवलोकन गरेको बीबीसीले बताएको छ ।
यसलाई सन् १९९९ पछिकै सबैभन्दा ठूलो मानिएको छ । बेलायतमा बसेर यो दृश्य हेर्नेहरूका लागि आंशिक सूर्यग्रहण देखिएको थियो, जुन नेपाली समयअनुसार साँझको समयमा उत्कर्षमा पुगेको थियो। यस क्रममा बेलायतका अधिकांश स्थानमा चन्द्रमाले सूर्यको ९० प्रतिशतभन्दा बढी भाग ढाकेको थियो। ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने पूर्ण सूर्यग्रहण (टोटल इक्लिप्स) को अद्भुत दृश्य देखिएको थियो जहाँ केही समयका लागि पूर्ण अन्धकार छाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)