विभिन्न उद्योगहरूको बक्यौताबापत ५१ करोडभन्दा बढी राजश्व संकलन
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता रकम धमाधम असुल हुन थालेको छ। मन्त्रालयले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने भाडा तथा अन्य बक्यौता असुलीलाई उच्च प्राथमिकतामा राखेर कारबाही अघि बढाएपछि करोडौँ रुपैयाँ राजस्व संकलन भएको हो।
मन्त्रालयका अनुसार पछिल्लो पटक मात्रै कन्टिनेन्टलबाट ४ करोड ११ लाख ९३ हजार ६ सय ८९ रुपैयाँ ७५ पैसा बक्यौता असुली भएको छ। यससँगै हालसम्म विभिन्न उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७ सय ९९ रुपैयाँ २७ पैसा असुली भइसकेको छ। करिब ४० वर्षदेखि बक्यौता रकम नतिरी बसेका उद्योग तथा संस्थाहरूबाट यो रकम उठाइएको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)