अटिजमदेखि बाल मानसिक स्वास्थ्यसम्म : शिक्षामन्त्री पोखरेलले थाले सेवा सुदृढीकरणको पहल
kalakarmi.com · Thu Aug 13 05:21:07 GMT 2026

काठमाडौं- सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, चुनौती र सेवा सुदृढीकरणका विषयमा सरोकारवालासँग छलफल गरेका छन् ।
शिक्षा मन्त्रालयमा बुधवार आयोजित छलफलमा सम्बन्धित मन्त्रालयका प्रतिनिधि, स्वास्थ्यकर्मी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदार, अपाङ्गता क्षेत्रमा कार्यरत संस्था, थेरापिस्ट, मनोवैज्ञानिक, विशेष शिक्षा विज्ञ तथा अभिभावक समूहका प्रतिनिधिको सहभागिता थियो । छलफलमा न्यूरोविकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्था, प्रारम्भिक पहिचान तथा निदान, थेरापी र पुनर्स्थापना सेवा, समावेशी शिक्षा, दक्ष जनशक्ति, पूर्वाधार तथा देशभर सेवाको पहुँच विस्तारका विषयमा छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)