चीनतर्फको पहिरोले भोटेकोशीको बहाव प्रभावित, तल्लो तटीय क्षेत्रमा सतर्कता
ratopati.com · Thu Aug 13 05:28:22 GMT 2026

काठमाडौँ । चीनतर्फ न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ । पहिरोका कारण नदीको बहाव करिब आधाजति थुनिएको जनाइएको छ ।
बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको क्षेत्रमा ढुङ्गामाटोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव प्रभावित भएपछि जुनसुकै बेला विपद्जन्य घटना निम्तिन सक्ने भएकाले नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)