एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने
khabarhub.com · Thu Aug 13 06:16:25 GMT 2026
काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ मा मलेसियाविरुद्ध खेल्नेछ। त्यस्तै तेस्रो खेल भदौ २१ मा साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल भदौ २३ मा हङकङ, चीनसँग खेल्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)