माडी खोलामा एकैपटक ५ शव भेटिए, रोल्पा पहिरोका बेपत्ता हुन सक्ने आशंका
kalakarmi.com · Thu Aug 13 06:19:16 GMT 2026

बुटवल- प्युठानको माडी खोलाको किनारमा आज पाँच जनाको शव फेला परेको छ । स्वर्गद्वारी नगरपालिका–९, जुडापाटीस्थित माडी खोलाको किनारमा पाँचवटा शव भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा ती शव रोल्पाको थबाङ गाउँपालिका-५, बोटलबारा क्षेत्रमा गएराति पहिरोमा परी बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएको छ । बाढीका कारण पहिरोमा परेका मानिस तथा शव खोलाले बगाएर प्युठानसम्म ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी नरहरि अधिकारीले माडी खोलामा पाँचवटा शव फेला परेको पुष्टि गरेका छन्। उनका अनुसार प्युठानमा मानिस हराएको वा पहिरोमा परी बेपत्ता भएको कुनै घटना नभएकाले शव माथिल्लो क्षेत्र रोल्पाबाट बगेर आएको हुन सक्ने देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)