पहिलोपटक कुरिल टापुमा पुटिन
ratopati.com · Thu Aug 13 06:32:55 GMT 2026

काठमाडाैँ । जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक भ्रमण गरेका छन् । पुटिनको यो भ्रमणले लामो समयदेखि क्षेत्रीय विवादका कारण तनावपूर्ण रहँदै आएको रूस–जापान सम्बन्धमा थप चिसोपन आउन सक्ने सङ्केत गरेको छ ।
सरकारी सञ्चारमाध्यम तासका अनुसार पुटिनले पहिलोपटक व्यक्तिगत रूपमा कुरिल टापुहरूको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले रूसको प्रशान्त महासागरस्थित नौसैनिक बेडाको प्रमुख युद्धपोतको निरीक्षण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)