आठ महिनापछि बस्दै राखेपको बोर्ड बैठक, के-के छन् एजेन्डा ?
kendrabindu.com · Thu Aug 13 06:32:05 GMT 2026
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठक बिहीबार दिउँसो १ बजे शिक्षा तथा खेलकुद मन्त्रालयमा बस्दैछ। करिब आठ महिनापछि हुन लागेको बैठकमा २०औँ एसियाली खेलकुद र १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रमुख प्राथमिकता दिइएको छ।
राखेप अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बोलाएको बैठकमा नौवटा एजेन्डा प्रस्तुत हुने छन्। एसियाडमा नेपालको सहभागिता, खेलाडी तथा प्रशिक्षकको छनोट र आवश्यक बजेट तथा व्यवस्थापनसम्बन्धी प्रस्तावमाथि निर्णय हुने बताइएको छ। राखेपले एसियाडमा २२ खेलका १३६ खेलाडी र ३२ प्रशिक्षक सहभागी गराउने तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)