भोलि बिहान ललितपुरमा २ घण्टा बत्ती जाने, यी क्षेत्रमा विद्युत् सेवा प्रभावित
kalakarmi.com · Thu Aug 13 06:36:26 GMT 2026

काठमाडौं- ललितपुरका अधिकांश क्षेत्रमा भोलि बिहान करिब दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पाटन सबस्टेशनको ६६ केभी बसबारमा आवश्यक मर्मतसम्भार गर्न विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणका अनुसार भोलि बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरिनेछ । उक्त सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा यस अवधिमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)