ट्रम्पको कार्यकाल सकिएसम्म युद्ध लम्ब्याउने र अमेरिकी आर्थिक हितमा प्रहार गर्ने इरानको चेतावनी
clickmandu.com · Thu Aug 13 07:05:19 GMT 2026

एजेन्सी । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का कमान्डरका एक वरिष्ठ सल्लाहकारले अमेरिकासँगको युद्धमा तेहरानको योजनाको रूपरेखा प्रस्तुत गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल समाप्त नभएसम्म पर्खने इरानको योजना छ ।
मोहम्मद रेजा नक्दीले मंगलबार पीबीएस न्युजआवरसँग कुरा गर्दै ट्रम्पको राष्ट्रपतीय कार्यकालको अन्त्यसम्म जानीजानी द्वन्द्व लम्ब्याउनु इरानले विचार गरिरहेको एउटा बाटो भएको बताए । ‘एउटा तरिका भनेको अर्को राष्ट्रपतिको कार्यकाल नआएसम्म यो युद्धलाई लम्ब्याउनु र शक्ति क्षय गराउनु हो, ताकि भविष्यमा अरू कसैले इरानसम्म पुग्न चाह्यो भने यसको मूल्य चुकाउनुपर्छ भन्ने थाहा पाऊन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)