पाँच महिनापछि स्वदेश फर्किए देउवा, कांग्रेस नेता कार्यकर्ताद्वारा भव्य स्वागत
rajdhanidaily.com · Thu Aug 13 07:07:41 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन् । उनी आज बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।
फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएर स्वदेश फर्किएका उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)