साढे पाँच महिनापछि नेपाल आइपुगे शेरबहादुर देउवा, विमानस्थलमा कांग्रेस नेताको स्वागत
kalakarmi.com · Thu Aug 13 07:09:20 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लामो समयपछि आज स्वदेश फर्किएका छन्। उपचारका लागि विदेश गएका देउवा बिहीबार दिउँसो करिब साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
देउवा थाई एयरको उडानमार्फत काठमाडौं आइपुगेका हुन्। उनी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवासँगै नेपाल फर्किएका हुन्। करिब साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवाको आगमनलाई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)