ललितपुरका अधिकांश क्षेत्रमा शुक्रबार दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने
kendrabindu.com · Thu Aug 13 07:15:50 GMT 2026

काठमाडौं। पाटन सबस्टेशनको ६६ केभी बसबारको मर्मतसम्भार गर्नुपर्ने भएकाले शुक्रबार बिहान ललितपुरका अधिकांश क्षेत्रमा दुई घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भोलि भाद्र २९ गते बिहान ५ बजेदेखि ७ बजेसम्म पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति बन्द गरी सटडाउन लिन लागिएको हो । सटडाउनका कारण पाटन सबस्टेशनबाट विद्युत् आपूर्ति भइरहेका ललितपुरका अधिकांश क्षेत्रमा विद्युत् सेवा प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)