सानिमा रिलायन्स लाइफको भिजन भ्यालु २०८३ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित
ajakoartha.com · Thu Aug 13 07:26:00 GMT 2026

काठमाडौं- एक आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गर्ने उद्देश्यले आयोजित सानिमा रिलायन्स Vision to Value 2083 कार्यक्रम, “Empowering the Pinnacle for Elite Results” भन्ने नारासहित सम्पन्न भएको छ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडिया लगायत कम्पनी सञ्चालक समितिका सदस्य भरत कुमार तोदीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरु, तथा उत्कृष्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस अफिसरहरुको सहभागिता पोखराको एक होटेलमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)