विदेशमा रहेका नेपालीको मताधिकारबारे अध्ययन गर्न दुई समिति
annapurnapost.com · Thu Aug 13 07:18:09 GMT 2026

काठमाडौं : विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले कानुनी र प्राविधिक पक्षबारे अध्ययन सुरु गरेको छ । बुधबार बसेको आयोगको बैठकले विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कानुनी तथा प्रविधिका क्षेत्रमा गर्नुपर्ने सुधारबारे अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न दुई छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न आवश्यक पर्ने कानुनी सुधारबारे अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा एक समिति गठन गरिएको छ । उक्त समितिमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)