विदेशमा रहेकी यशोदाको तीज गीतमा नेपाली संस्कृतिको मिठास, ‘ए मैना सुनन’ले बोल्यो आमा-छोरीको मन
kalakarmi.com · Thu Aug 13 07:39:28 GMT 2026

काठमाडौं- अस्ट्रेलियामा बस्दै आएकी गीतकार यशोदा सापकोटा कार्कीले लेखेको पहिलो तीज गीत ‘ए मैना सुनन’ सार्वजनिक भएको छ । नेपाली संस्कृति, परम्परा र आमा–छोरीबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राखिएको गीत तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको हो ।
सिड्नीमा विगत १२ वर्षदेखि बस्दै आएकी कार्की पब्लिक हस्पिटलमा रजिस्टर्ड नर्सका रूपमा कार्यरत छिन् । तीन सन्तानकी आमा उनी व्यवसायमा समेत सक्रिय छिन् । नेपालबाट टाढा रहे पनि नेपाली संस्कृति र परम्पराप्रतिको आफ्नो सम्बन्धलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले उनले पहिलोपटक तीज गीत लेखेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)