काठमाडौं आइपुगे पूर्वप्रधानमन्त्री देउवा
rajdhanidaily.com · Thu Aug 13 07:41:46 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन्। बिहीबार बैंककबाट स्वदेश फर्किएका हुन्। उनलाई कांग्रेस नेताहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।
कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, मोहन बस्नेत र विमलेन्द्र निधी लगायतका नेताहरू विमानस्थल पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)