देउवाको सनरुफ अभिवादन ! (तस्बिरहरू)
baahrakhari.com · Thu Aug 13 07:43:00 GMT 2026

काठमाडौं । साढे पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका छन् । बिहीबार (साउन २८) दिउँसो उनी समर्थक र प्रहरीको ‘स्कर्टिङ’बीच त्यहाँबाट बाहिरिएका हुन् ।
विमानस्थल गेटबाट बाहिरिएपछि उनले आफ्नो स्वागतका निम्ति पुगेका समर्थकलाई सनरुफ (गाडीको छतमा खोल्न वा स्लाइड गर्न मिल्ने सिसा/प्यानल)बाट निस्किएर अभिवादन गरे । उनी सनरुफबाट निस्कँदा पानी परिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)