स्वच्छ खानेपानीका लागि समयबद्ध कार्ययोजना ल्याउन समितिको सरकारलाई निर्देशन
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले नागरिकलाई स्वच्छ, सुरक्षित तथा पर्याप्त खानेपानी उपलब्ध गराउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकले खानेपानी समस्या समाधानका लागि यस्तो निर्णय गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिएका छन्। बैठकले विशेष गरी मधेस प्रदेश र तराई क्षेत्रमा स्यालो ट्युबेलबाट पानी आउन छाडेर समस्या उत्पन्न भएका स्थानहरूमा तत्काल वैकल्पिक स्रोतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै, मधेस प्रदेशमा वर्षौँदेखि अधुरा रहेका १ सय ७६ वटा ओभरहेड ट्याङ्कीसम्बन्धी आयोजनाहरूका लागि आवश्यक बजेट व्यवस्थापन गरी शिघ्र सम्पन्न गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)