जापनिज इन्सेफलाइटिसबारे सजगता अपनाउन अपिल
ratopati.com · Thu Aug 13 07:54:45 GMT 2026

काठमाडौँ । स्वास्थ्य सेवा विभाग अन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जापानिज इन्सेफलाइटिस रोगको जोखिमबारे सजग रहन सर्वसाधारणमा अपिल गरेको छ । लामखुट्टेको टोकाइबाट मानिसको मस्तिष्कमा सङ्क्रमण हुने यो एक गम्भीर रोग हो ।
यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने भए तापनि धेरैजसो १५ वर्ष मुनिका बालबालिकामा बढी देखिने गर्दछ । यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी तथा सुँगुर–बँगुर जस्ता जनावरहरूलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो रोग सर्छ । तर, यो रोग मानिसबाट मानिसमा भने प्रत्यक्ष रूपमा सर्दैन । नेपालमा विशेष गरी साउनदेखि कात्तिक महिनासम्म जापनिज इन्सेफलाइटिसको सङ्क्रमण बढी देखिने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)