चिनियाँ क्षेप्यास्त्र परीक्षणले सुनामीको त्रास सिर्जना गरेको टापु राष्ट्र तुभालुको गुनासो
lokaantar.com

चीनले हालै गरेको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणबाट नजिकै पर्ने होचा टापु राष्ट्र तुभालुमा ठूलो त्रास उत्पन्न भएको छ। उक्त क्षेप्यास्त्र खसेको स्थानको सबैभन्दा नजिकै बसोबास गर्ने तुभालुका नागरिकहरूले यसले सुनामी निम्त्याउने हो कि भनी गहिरो भय महसुस गरेको त्यहाँका एक वरिष्ठ अधिकारीले बताएका छन्।
फिजीमा आयोजित प्यासिफिक आइल्याण्ड्स फोरमको बैठकको साइडलाइनमा शुक्रबार बोल्दै तुभालुको विदेश, श्रम तथा व्यापार मन्त्रालयका वरिष्ठ अधिकारी पासुना तुआगाले चीनले गत जुलाईको शुरूकम गरिएको क्षेप्यास्त्र परीक्षणबारे कुनै पूर्वचेतावनी नदिएको र यो तिनीहरूको नजिकै खस्छ भनेर समेत जानकारी नगराएको बताए। उनले बेइजिङको यो कदम अस्वीकार्य रहेको कुरा यस क्षेत्रका विभिन्न देशहरूले स्पष्ट पार्नुपर्नेमा जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)