स्वदेश फर्केपछि देउवाले भने- प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं
annapurnapost.com · Thu Aug 13 08:01:19 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आपसी मतभेद,विभाजन र विद्वेष अन्त्य गर्दै मेलमिलापको मार्ग रोज्न आह्वान गरेका छन्। सिंगापुरमा थप उपचार गरी बिहीबार स्वदेश फर्किएका देउवाले प्रतिशोधको बाटो नभई मेलमिलाप र राष्ट्रिय एकताको मार्ग रोज्न आग्रह गरेका हुन्।
स्वदेश फर्किएपछि उनले भने,‘आउनुहोस्, विगतका विभाजन र विद्वेषका घाउहरू निको पारौं। प्रतिशोध होइन,मेलमिलापको मार्ग रोजौं। यस्तो नेपाल निर्माण गरौं,जहाँ प्रत्येक बालकले निर्भीक सपना देख्न सकोस्, प्रत्येक ज्येष्ठ नागरिकले सम्मानपूर्वक विश्राम गर्न पाओस् र प्रत्येक समुदायले समृद्धि तथा अवसरका साथ फस्टाउन सकोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)