मलाई व्यक्तिगत लाभको पद चाहिएको छैन : देउवा
ratopati.com · Thu Aug 13 08:11:18 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद नचाहिएको बताएका छन् । झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गर्दै देउवाले आफ्नो बाँकी जीवन राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि समर्पित गर्ने उल्लेख गरेका छन् ।
अपिलमा देउवाले आफू शक्ति प्राप्त गर्न नभई मुलुकमा विद्यमान राजनीतिक चुनौतीहरूलाई चिर्दै राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको उल्लेख गरेका छन् । ‘मैले राजनीतिक रूपमा लिनु पर्ने केही छैन, तर मेरो विगतको अनुभव मुलुक र पार्टीले लिन सक्नु पर्छ र त्यो अनुभव नयाँ पुस्तालाई शेयर गर्नु मेरो दायित्व हो,’ देउवाले अपिलमा लेखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)