बूढानीलकण्ठमा जोगिएको एउटा जीवनः सुदूरको सान र ती गणपति
nepalpress.com · Thu Aug 13 08:26:46 GMT 2026

२०८२ भदौ २४ गते । अघिल्लो दिनको जेन–जी आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर प्रदर्शनकारीको मृत्यु भएपछि काठमाडौं आक्रोश, शोक र प्रतिशोधको मनोविज्ञानले अशान्त थियो । विभिन्न स्थानमा जम्मा भएका भीडले सरकारी संरचना, राजनीतिक दलका कार्यालय तथा शीर्ष नेताका निवासलाई निशाना बनाउन थाले ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, आरजु राणा देउवा, पृथ्वीसुब्बा गुरुङलगायत नेताविरुद्ध हिंसात्मक नारा र आक्रमणको धम्की सुनिएको बताइएको थियो । यद्यपि, समग्र प्रदर्शनकारीको उद्देश्य नै हत्या र आगजनी चाहिँ अवश्य थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)