कोशीमा पाँच वर्षमा चट्याङबाट ६६ जनाको मृत्यु, २१८ घाइते
ratopati.com · Thu Aug 13 08:39:57 GMT 2026

सुनसरी । वर्षायाम सुरु भएसँगै कोशी प्रदेशका पहाडी तथा तराई जिल्लामा चट्याङका घटना बढ्ने गरेका छन् । पछिल्लो पाँच वर्षमा कोशी प्रदेशमा चट्याङका कारण ६६ जनाले ज्यान गुमाएका छन् भने २१८ जना घाइते भएका छन् ।
गत असार १३ गते मध्यरात मुसलधारे पानी परिरहेका बेला इलामको रोङ गाउँपालिका–६, सलकपुरका ८८ वर्षीय कालुवीर मोक्तानको चट्याङ लागेर मृत्यु भयो । काठको बेरा र टिनको छानो भएको दुईतले घरको बरन्डामा बसिरहेका मोक्तानलाई राति करिब १ बजे चट्याङ लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)