११ हजार १ सय सरकारी कर्मचारीलाई कारबाही सिफारिस
clickmandu.com · Thu Aug 13 08:50:46 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका कार्यहरू समेटिएको वार्षिक प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष पेश गरेको छ ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने उद्देश्यका साथ स्थापित केन्द्रले २५ औं वर्षमा प्रवेश गरेको अवसरमा निकालेको प्रतिवेदनअनुसार केन्द्रमा प्राप्त २ हजार ५ सय ६६ उजुरीमध्ये ७२ प्रतिशत फर्छ्योट भएका छन् । केन्द्रले नयाँ प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहमा सुधार ल्याउन सचेतनामूलक स्टिकरको सार्वजनीकरण र सार्वजनिक सेवा सन्तुष्टि मापन फारमको क्यूआर कोड पनि सञ्चालनमा ल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)