रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास फेला
ratopati.com · Thu Aug 13 09:15:33 GMT 2026

काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित होटल रेडिसनमा छापामारी गर्दा ठूलो परिमाणमा ग्यास मौज्दात राखिएको पाइएको छ । विभागका अनुसार होटलमा मात्रै १८४ वटा ग्यास सिलिन्डर भेटिएका छन् ।
बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानमा निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनमा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)