न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमा ‘अटो लोन’ दिँदै ग्लोबल आइएमई बैंक
techpana.com · Thu Aug 13 09:14:27 GMT 2026

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त योजनाअनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदर (बेस रेट) मा न्यूनतम ०.५ प्रतिशत प्रिमियम थपेर कर्जा पाउनेछन् ।
जसअनुसार, हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत कायम हुनेछ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुने बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)