साना किसानको दूध खरिद गर्न डिडिसी र कृषि सहकारीबीच सहकार्य
halokhabar.com · Thu Aug 13 09:18:00 GMT 2026

×
काठमाडौँ, २८ साउन । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी), साना किसान सहकारी संस्थाहरूको छाता सङ्गठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (एनएसीसीएफएल) र राष्ट्रियस्तरको थोक कर्जा प्रदायक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच दुग्ध क्षेत्रको एकीकृत विकासका लागि समझदारी भएको छ ।