रोल्पा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
khabarhub.com · Thu Aug 13 09:33:56 GMT 2026

काठमाडौं- अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ । पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाइते भएका छन् ।
उनीहरु दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । पहिरोमा परी बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको छ । लगातार वर्षाको कारण लेदोसहितको पहिरो आईरहेको हुँदा उद्धार कार्यमा कठिनाइ परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)