घरको नक्सा र इन्जिनियरिङ डिजाइन बुझ्ने एआई विकास गर्न नामी र कन्फ्लेसन ल्याब्सबिच सहकार्य
techpana.com · Thu Aug 13 09:35:18 GMT 2026

काठमाडौं । अनुसन्धान संस्था नामी (नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रको कम्पनी कन्फ्लेसन ल्याब्सबीच इन्जिनियरिङ नक्सा र साइट प्लानहरू स्वचालित रूपमा बुझ्ने प्रविधि विकास गर्न साझेदारी भएको छ । विशेषगरी घर वा भवन बनाउँदा चाहिने अनुमति र नक्सा पास गर्ने प्रक्रियालाई सजिलो बनाउन यी दुई संस्थाले ‘कम्प्युटर भिजन’ (कम्प्युटरले चित्र वा नक्सा बुझ्ने प्रविधि) मा आधारित अनुसन्धान गर्ने भएका हुन् ।
निर्माण र नक्सा पास गर्ने प्रक्रियामा प्रयोग हुने इन्जिनियरिङ रेखाचित्रहरू निकै जटिल हुन्छन् । यस्ता नक्सामा धेरै प्राविधिक विवरण र नापहरू हुने भएकाले अहिलेका सामान्य एआई प्रणालीहरूले तिनलाई सही तरिकाले ठम्याउन सकेका छैनन् । जसका कारण अहिले पनि नगरपालिका वा सम्बन्धित कार्यालयहरूमा मानिस आफैँले घण्टौँ लगाएर यस्ता नक्साहरू जाँच्नुपर्ने बाध्यता छ । यही झन्झटिलो प्रक्रियालाई हटाएर प्रविधिमार्फत नक्साको जाँच र पुनरावलोकन गर्न यो साझेदारीले नयाँ बाटो खोल्ने लक्ष्य राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)