पत्रकार किशाेर श्रेष्ठ पक्राउ प्रकरण : प्रेस काउन्सिल नेपालले के भन्याे ?
ratopati.com · Thu Aug 13 09:46:46 GMT 2026

काठमाडाैँ। नेपाल प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएकाे विषयमा गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ। काउन्सिलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै श्रेष्ठको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएकाे हाे।
प्रेस विज्ञप्तिमा भनिएकाे छ,‘नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हो । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ । काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार / सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार / सञ्चारकर्मी सचेत हुनैपर्दछ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्दछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)