मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन एमालेको ह्विप जारी
nepalpress.com · Thu Aug 13 09:54:56 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने बताएपछि नेकपा एमालेले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।
एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री शाहले प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई निर्देशन दिएको हो। बैठकले प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित हुनसमेत सांसदहरूलाई ह्विप जारी गरेको संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)