रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो, दुई जना बेपत्ता
ratopati.com · Thu Aug 13 09:59:41 GMT 2026

काठमाडौँ। अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार साँझ गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोमा परेका दुई जना अझै बेपत्ता छन् । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।
बगाएर लगेको अवस्थामा प्युठानको स्वर्गद्वारी नगरपालिका–९ स्थित माडी खोलाको किनारमा ५ जनाको शव भेटिएको लुम्बिनी प्रदेशका डीआईजी भुपेन्द्र खत्रीले रातोपाटीलाई बताए । प्युठानमा भेटिएका दुई जनाको शवको आंशिक टुक्रा मात्र भेटिएको छ । घटनास्थलमा ५ जनाको शव भेटिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)