रोल्पामा पहिरो: मृतकको संख्या ७ पुग्यो, पाँचजना अझै बेपत्ता
kendrabindu.com · Thu Aug 13 09:56:24 GMT 2026

काठमाडौं। अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा मृत्यु हुनेको संख्या सात पुगेको छ। घटनामा पाँचजना अझै बेपत्ता छन्।
पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगरको मृत्यु भएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)