आर्थिक अनियमितताको आरोपबारे लेखा समितिमा छलफल, किन आक्रोशित भए आइजीपी ?
ajakoartha.com · Thu Aug 13 10:03:00 GMT 2026

काठमाडौँ - जेनजि आन्दोलनको क्रममा भएको त्राशदीपूर्ण घटना ब्यहोरेका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा जुन रुपमा प्रस्तुत भए त्यसका पछाडिको कारण बैठकको समाचार हेर्ने जो कोहीले पनि सहजै अनुमान गर्न सक्छ । उक्त बैठकमा उपस्थित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले देखाएको व्यवहारलाई सायदै कसैले मन परायो होला । एउटा सांसदको रुपमा उनले आफ्नै सरकारको मातहतमा काम गरिरहेका सुरक्षा निकायका प्रमुखहरुमाथि लगाएको आरोप घृणित र कपोलकल्पित जस्तै थियो । जसप्रति आईजीपी कार्कीले कडा शब्दमा आक्रोश पोखेका थिए ।
सांसद सुनारले प्रहरीको पोसाक तथा लाठी खरिदमा अनियमितता गरेको, आईजीपी कार्कीको निजी घरमा भएको चोरीको घटनामा संलग्नलाई यातना दिएकोलगायत गम्भीर आरोप लगाएपछि आईजीपी कार्की संयम गुमाउँदै आक्रोशित बनेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)