प्रेसमा प्रहरीको छापा निन्दनीय : शान्ति समाज
nepalnews.com · Thu Aug 13 10:05:09 GMT 2026

काठमाडौँ। मानवअधिकार तथा शान्ति समाजले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र उनको सम्पादकत्वमा रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले गरेको छापाप्रति आपत्ति जनाएको छ।
समाजका सभापति रेनुका पौडेलले बिहीबार विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा २७ साउनको राति गिरफ्तार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। प्रेसबाट कुनै त्रुटि भए त्यसको निरूपणका लागि नियामक निकायमार्फत कानुनी प्रक्रिया अपनाउने व्यवस्था हुँदाहुँदै पत्रकारलाई गिरफ्तार गर्नु आपत्तिजनक भएको समाजले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)