देउवाको चेतावनी- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ ?
onlinekhabar.com · Thu Aug 13 10:09:22 GMT 2026

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले नसकेको टिप्पणी गर्दै अरूले नसक्ने दाबी गरेका छन् । बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पार्टी नेताकार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।
‘मलाई अन्तरािष्ट्रय क्रिमिनल कोर्टमा समेत मुद्दा हाले । त्यसपछि कोर्टले कुनै पनि हालतमा हामी शेरबहादुरलाई पक्राउ गर्दैनौं, पक्रेर कामै छैन । उसको वाइफ र उसलाई पक्राउ गर्दैनौं भन्यो,’ देउवाले भने, ‘यहीँ पनि मुद्दा हाल्यो । फाटाहा छन् यहाँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)