सेयर बजारमा ८.८१ अंकको वृद्धि,कारोबार रकम पनि बढ्यो
annapurnapost.com · Thu Aug 13 10:04:26 GMT 2026

काठमाडौं : बिहीबार नेप्से परिसूचक करिब ९ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ०.५५ अंकले बढेको नेप्से परिसूचक यसदिन ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको हो। परिसूचक बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ७ लाख ७० हजार ७७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)