मिडिया कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर सामग्री जफत गरिएकोमा प्रेस काउन्सिलको आपत्ति
techpana.com · Thu Aug 13 10:09:59 GMT 2026

काठमाडौं । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष एवम् जनआस्था साप्ताहिकका सम्पादक किशोर किशोर श्रेष्ठको पक्राउ र मिडिया कार्यालयमा प्रहरीले गरेको छापा मार्ने कार्यप्रति आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ र कम्प्युटर लगायतका सामग्री जफत गरिएकोमा चिन्ता जनाएको हो ।
“...किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राती पकाउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)