काठमाडौं महानगरका ५९ दीर्घकालीन योजना प्राथमिकतामा
nepalsamaya.com · Thu Aug 13 10:19:48 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने तथा दीर्घकालीन प्रभाव पार्ने ५९ वटा योजनालाई प्राथमिकतामा राखेको छ।
महानगरपालिकाका आयोग, सचिवालयसहित १७ वटा एकाइले पेश गरेका योजनामाथि छलफल गर्दै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकता दिने निर्णय गरिएको हो। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विभागीय प्रमुखहरूले नियमित प्रकृतिका भन्दा नयाँ, नीतिगत तथा संरचनागत रूपमा दीर्घकालीन प्रभाव पार्ने योजनाहरू प्रस्तुत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)