दशौँ राष्ट्रिय खेलकुदको मिति पाँचौँ पटक तोकियो
ratopati.com · Thu Aug 13 10:22:31 GMT 2026
काठमाडौँ । लामो समयदेखि मिति तोकिँदै, फेरि स्थगित हुँदै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले २०८१ सालमै आयोजना हुनुपर्ने प्रतियोगितालाई यस पटक मङ्सिरमा गर्ने निर्णय गरेको हो ।
तर, नयाँ मिति घोषणा भएसँगै दशौँ राष्ट्रिय खेलकुदको अन्योल भने पूर्ण रूपमा हटेको छैन । यसअघि पनि प्रतियोगिताका लागि पटक पटक मिति घोषणा भए पनि तयारी नपुगेको लगायतका कारण देखाउँदै प्रतियोगिता सारिँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)