तत्काल दुई दिन सार्वजनिक बिदा हट्दैन - मन्त्री गौतम
arthasansar.com · Thu Aug 13 10:43:14 GMT 2026

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको व्यवस्थालाई तत्काल पुनरवलोकन नगर्ने स्पष्ट पारेको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले हाललाई दुई दिने सार्वजनिक बिदाको व्यवस्था परिवर्तन गर्ने कुनै गृहकार्य नभएको बताएकी हुन् ।
मन्त्री गौतमका अनुसार अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । तत्कालीन समयमा इन्धन आपूर्तिमा देखिएको असहजताका कारण खपत घटाउन तथा सार्वजनिक प्रशासनलाई परिणाममुखी बनाउन २०८२ चैत २३ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको उनले स्मरण गराइन् । उनले कर्मचारीको कार्य–जीवन सन्तुलन, ऊर्जा तथा प्रशासनिक खर्चमा मितव्ययिता र आन्तरिक पर्यटन प्रवद्र्धनका दृष्टिले दुई दिने बिदा प्रभावकारी देखिएको दाबी गरिन्। बिहान ९ बजेदेखि कार्यालय खुल्ने व्यवस्थाले सेवाग्राहीलाई समेत सहजता भएको तथा कर्मचारीको मनोबल र कार्यक्षमतामा सकारात्मक प्रभाव परेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)