उत्कृष्ट लघुउद्यमी/उद्यमशीलता विकासमा योगदान गर्ने संस्थालाई सम्मान
baahrakhari.com · Thu Aug 13 10:48:48 GMT 2026

काठमाडौं । नेपालको लघुवित्त र समावेशी विकासको क्षेत्रमा साढे तीन दशकदेखि क्रियाशील स्वावलम्बन विकास केन्द्रले आफ्नो ३५औँ वार्षिकोत्सवको अवसरमा भुइँतहमा रहेर उल्लेखनीय कार्य गर्ने महिला उद्यमीहरूलाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहमा संस्थाले उद्यमीहरूको संघर्ष र सफलतालाई कदर गर्दै सम्मानित गरेको हो ।
उक्त पुरस्कारबाट नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. नवलपरासीकी लीलाकुमारी थारू, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि., झापाकी शर्मिला थेबे तथा युनिक नेपाल लघुवित्त वित्तीय संस्था लि., बाँकेकी सुनिता थारू सम्मानित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)