प्रिमियर इन्टरनेसनल स्कुलमा टीईडीएक्स सिजन २ सम्पन्न
baahrakhari.com · Thu Aug 13 10:47:49 GMT 2026

काठमाडौं । प्रिमियर इन्टरनेसनल आईबी कन्टिन्युम स्कुलले ‘ग्रेटनेस बिगेन्स हियर’ भन्ने नारासहित टीइडीएक्स प्रिमियर इन्टरनेशनल स्कुल सिजन २ सफलतापूर्वक आयोजना गरेको छ । कार्यक्रममा प्रविधि, कला, खेलकुद, व्यवसाय र शिक्षासहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व तथा विद्यार्थी वक्ताहरूको सहभागिता रहेको थियो ।
नेपालमै पहिलोपटक टीईडीएक्स कार्यक्रम आयोजना गर्ने विद्यालयका रूपमा परिचित प्रिमियरले यसपटक पनि युवा पुस्तालाई आफ्ना विचार, अनुभव र दृष्टिकोण प्रस्तुत गर्ने मञ्च प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)