हवाई यात्रीको क्षतिपूर्ति १ लाख डलर पुर्याउने प्रश्तावसहितको विधेयकमाथि राष्ट्रिय सभामा छलफल
emountaintv.com · Thu Aug 13 10:58:01 GMT 2026
राष्ट्रिय सभाको बिहीबारको बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रश्तुत गर्नुभएको प्रश्ताव सभाले स्वीकृत गरेसँगै दफावार छलफलको प्रक्रिया अगाडि बढेको हो । विधेयकमाथि भएको छलफलमा भाग लिँदै सांसदहरूले हवाई सुरक्षा, यात्रीको हकहित र क्षतिपूर्तिको विषयमा आ–आफ्नो धारणा राख्नुभयो । छलफलमा सहभागी सांसद सोनम गेल्जेन शेर्पाले दुर्घटनामा ज्यान गुमाउनेका परिवारले पाउने क्षतिपूर्ति २० हजार अमेरिकी डलरबाट वृद्धि गरी १ लाख डलर पुर्याउने प्रश्ताव सकारात्मक रहेको बताउनु भयो । यद्यपि, उहाँले आकाशमा हुने ‘ट्राफिक जाम’ र विमान ‘होल्ड’ हुने समस्याले गर्दा यात्रीले भोग्नुपर्ने सास्तीप्रति सरकारको जवाफदेहिता पनि विधेयकमा स्पष्ट हुनुपर्नेमा जोड दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)