रेडिसनमा भेटिए १८४ ग्यास सिलिन्डर, ‘अनधिकृत भण्डारण’ कि सामान्य स्टक ? मन्त्रालय र विभागबीच मतभेद
kalakarmi.com · Thu Aug 13 10:37:19 GMT 2026

काठमाडौं- राजधानीको होटल रेडिसनमा ठूलो संख्यामा खाना पकाउने एलपीजी ग्यास सिलिन्डर भेटिएपछि उद्योग मन्त्रालयको सचिवालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ फरक- फरक देखिएको छ । उद्योगमन्त्रीको सचिवालयले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेका बेला होटलमा १८४ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको दावी गर्दै कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। तर सम्बन्धित विभागले भने होटलमा छापा नमारिएको र नियमित अनुगमन मात्रै गरिएको स्पष्ट पारेको छ ।
उद्योगमन्त्रीको सचिवालयका अनुसार होटल परिसरमा नेपाल ग्यासका ११७ वटा र एसटीसी ग्यासका ६७ वटा गरी कुल १८४ वटा सिलिन्डर भण्डारण गरिएको अवस्थामा भेटिएका हुन् । त्यसबाहेक होटलका विभिन्न भान्सामा प्रयोग भइरहेका चुलोमा थप करिब ७० वटा सिलिन्डर रहेको सचिवालयले जनाएको छ । मन्त्रालयको सचिवालयले बजारमा अत्यावश्यक वस्तुका रूपमा रहेको एलपीजी ग्यासको अभाव देखिइरहेका बेला व्यावसायिक प्रयोजनका लागि यति ठूलो परिमाणमा ग्यास भण्डारण गरिएको विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ । अनधिकृत रूपमा अत्यावश्यक वस्तु ठूलो परिमाणमा भण्डारण गरिएको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)