‘आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ’- अर्थमन्त्री वाग्ले
arthasarokar.com · Thu Aug 13 11:30:04 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी नयाँ बजेट ल्याएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र तनहुँको भ्रमणमा पुगेका अर्थमन्त्री वाग्लेले जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।