रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
canadanepal.com · Thu Aug 13 11:32:46 GMT 2026

रोल्पा -अविरल वर्षाको कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा साउन २७ गते बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ ।
पहिरोमा परी सोही ठाउँ बस्ने अन्दाजी २२ वर्षिय हिमाल पुन मगर र २५ वर्षिय संजय घर्तिमगर घाईते भएका छन् । उनीहरु दुवै जनालाई स्वास्थ्य चौकी थवाङ्गबाट थप उपचारको लागि बुटवलतर्फ पठाईएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)