सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन, के सुविधा थपिए ?
arthasansar.com · Thu Aug 13 11:32:41 GMT 2026

नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा संशोधन गरेको छ । अर्थ मन्त्रालयको २०८३ असार १८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार कार्यविधि संशोधन स्वीकृत भएपछि राष्ट्र बैंकले संशोधित व्यवस्था कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
संशोधित व्यवस्थाअनुसार सहुलियतपूर्ण कर्जाको नवीकरण भएको अवस्थामा ब्याज अनुदान उपलब्ध हुन थालेको मितिदेखि ५ वर्षसम्म ब्याज अनुदान उपलब्ध हुनेछ । यसअघि सहुलियतपूर्ण कर्जाको नवीकरण तथा ब्याज अनुदानको निरन्तरताका सम्बन्धमा देखिएका व्यावहारिक समस्यालाई सम्बोधन गर्ने गरी कार्यविधिमा संशोधन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)